जोडिनुहोस
  • होमपेज
  • टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज मङ्गलवार पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि यो मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले यो विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएको कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका