जोडिनुहोस
  • होमपेज
  • चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्र बैंकको

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्र बैंकको

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पेस गर्नुभएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ । आर्थिक वर्ष २०८०र८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

यस्तै राष्ट्र बैंकले मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । असोजको मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको असोजभन्दा १ प्रतिशत कम हो । तर, मौद्रिक नीतिले लिएको ६ दशमलव ५ प्रतिशतको लक्ष्यभन्दा बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ ।

२०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८ दशमलव ४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ८ प्रतिशत रहेको छ । कार्तिकमा आयात ३ दशमलव ८ प्रतिशत र व्यापार घाटा ३ दशमलव ३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म रेमिट्यान्स ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका