जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी प्रदेशसभा : एमालेको विरोधका बीच विधेयक पारित

लुम्बिनी प्रदेशसभा : एमालेको विरोधका बीच विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको विरोधका बीच प्रदेशसभामा विधेयक पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले उक्त विधेयकको प्रस्ताव पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले रोष्ट्रम घेराउ गरिएको थियो ।

बैठक सुरु हुन साथ एमालेका संसादहरुले विरोध जनाएका थिए । सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे ।

त्यसपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका