जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आजको कारोबार भाउ निर्धारण गर्दै महासङ्घले सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि तेजाबी सुनको मूल्य यही कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका