जोडिनुहोस
  • होमपेज
  • ३ हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउछौं  पारस खड्का

३ हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउछौं  पारस खड्का

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् । यू–१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा उनले भने, ‘हामी २ र ३ हप्तामा २०२४ को घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डर सार्वजनिक गर्नेछौं ।’ क्यालेन्डरमा आगामी जनवरीदेखि डिसेम्बरसम्म उमेर समूह, महिला तथा पुरुष क्रिकेटमा वर्षभरि हुने खेल प्रतियोगिताहरु समावेश हुनेछ ।

सन् २०२४ मा नेपालको सिनियर पुरुष टिमले टी–२० विश्वकप खेल्दैछ भने यू–१९ टिमले पनि विश्वकप खेल्दैछ । सन् २०२४ को जनवरी १३ देखि फ्रेब्रुअरी ४ सम्म यू–१९ विश्वकप हुनेछ । त्यसपछि जुन महिनामा सिनियर क्रिकेट टिमले टी–२० विश्वकप खेल्छ । महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेशस्तरका छनोट खेल भइरहेका छन् । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता १ पुसदेखि काठमाडौंमा हुनेछ । सचिव खड्काका अनुसार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्रिकेट विकासको योजनासहितको आफ्नो प्रस्तुति युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसमक्ष राख्ने तयारी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका