जोडिनुहोस
  • होमपेज
  • कैलालीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

कैलालीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १० मा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय १६ र १७ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ ।

घटना १७ गते रातिको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। बलात्कारको उजुरी प्रहरीमा हिजो मात्रै परेको थियो ।

मौखिक उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।उनीहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढिरहेको प्रहरीले बताएको छ । घटना ढिलो सार्वजनिक हुनुको कारण पनि प्रहरीले खोजिरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका