जोडिनुहोस
  • होमपेज
  • देशलाई एमालेको नेतृत्व चाहिएको छ अध्यक्ष ओली

देशलाई एमालेको नेतृत्व चाहिएको छ अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत शुक्रबार पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए । उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने उनले प्रष्ट पारे । ओलीले गठबन्धन सरकारको ध्यान एमालेको विरोध गर्नेमा मात्रै रहेको र देशको विकासका लागि कुनै काम गर्ने ध्यान नरहेको आरोप लगाए ।

पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको उनले बताए । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका