जोडिनुहोस
  • होमपेज
  • देउवाले शुक्रबारका लागि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेन्डा

देउवाले शुक्रबारका लागि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २९ का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ । नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिँदै आएका थिए । तर सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका हुन् ।

बैठकमा महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धबारे छलफल हुने पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका