जोडिनुहोस
  • होमपेज
  • शेखरले भने ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’

शेखरले भने ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’

नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापासँगको सम्बन्धबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् ।

बत्तिसपुतलीमा जारी इतर समूहको भेलामा उनले महामन्त्री थापा र आफूबीच कुनै मतान्तर नरहेको दाबी गर्दै सम्बन्धबारे जथाभावी नबोल्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘शेखर दाइले महामन्त्री र आफूबीच कुनै मतान्तर नरहेको भन्नुभयो । दुवै जनाबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभयो ।’

ती नेताका अनुसार भेलाको सुरुतिर आफू र महामन्त्री थापाको सम्बन्धबारे जथाभाबी नबोल्नु भनेका कोइरालाले अन्य नेताहरूको धारणा सुनिसकेपछि थप विषयमा बोल्ने छन् ।

कोसी प्रदेशमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि नेता कोइराला र र महामन्त्री थापाबीच भेटवार्ता र छलफल भएको थिएन ।

कोइरालाले मंगलबारका लागि बोलाएको भेलामा लागि खबर नगरिएको भन्दै महामन्त्री थापा उपस्थित नहुने उनीनिकट नेताहरूले बताएका थिए । महामन्त्री थापा उपस्थित नहुने खबर पाएपछि नेता कोइरालाले मंगलबारको भेला बुधबारका लागि सारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका