जोडिनुहोस
  • होमपेज
  • मेलम्चीको पानी, हामीले कहिले खाने ?

मेलम्चीको पानी, हामीले कहिले खाने ?

काठमाडौं। मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने ? ,मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए । उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरे।

मेलम्ची खानेपानीमा अब पनि ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका