जोडिनुहोस
  • होमपेज
  • लिखुपिकेमा दुगड हाईड्रोको मनोमानी, उत्तरदायी बनाउन माथिल्लो निकायमा आग्रह

लिखुपिकेमा दुगड हाईड्रोको मनोमानी, उत्तरदायी बनाउन माथिल्लो निकायमा आग्रह

सोलुखुम्बु – सोलुखुम्बुको लिखुखोलामा एमभी दुगड ग्रुपले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख गरेका काम नगरेको भन्दै लिखुपिके गाउँपालिकाले माथिल्लो निकाय गुहारेको छ ।

पटक–पटक ताकेता र पत्राचार गर्दा समेत आयोजनाले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको भन्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष बस्नेतले गृहमन्त्री, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेखेर आयोजनाको काम तत्काल रोक्का राखी स्रोत प्रयोग गरे बापत सम्झौता अनुसारको उत्तरदायित्व बहन गराइदिन आग्रह गर्नुभएको छ ।

दुगड एमभी ग्रुपले सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा नुम्बुर हिमाल २९ दशमलव ९ मेघावाट, ग्लोबल हाइड्रोपावर ५५ मेघावाट र पान हिमाल ७७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले निर्माणका क्रममा प्रयोग भएका गिट्टी, ढुङ्गा र बालुवाको राजश्व समेत नबुझाएका कारण महालेखा परीक्षकको गएको आर्थिक वर्षको प्रतिवेदनमा गाउँपालिकाका नाममा बेरुजु उल्लेख गरेको अध्यक्ष बस्नेतद्वारा लिखित पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा आयोजनाका कुनै पनि कामको अनुगमन तथा गुणस्तरमापन राज्यका कुनै पनि निकायबाट नभएको भन्दै त्यसको अधिकार गाउँपालिकालाई दिन पनि अध्यक्ष बस्नेतले माग गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका