जोडिनुहोस
  • होमपेज
  • चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गर्ने महानगरको चेतावनी

चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।

विद्यालयले फरक–फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक(फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

परिपत्र विपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका