जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्यमन्त्रीद्वारा वीर अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्रीद्वारा वीर अस्पतालको अनुगमन

वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ । बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरू पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो ।

अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिएका थिए ।

त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ । अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए ।

उनले औषधी पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका