जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक चैत ५ गते बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक चैत ५ गते बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

samsad

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका