जोडिनुहोस
  • होमपेज
  • वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटनाः ३२ जना घाइते, ३ जनाको अवस्था गम्भीर

वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटनाः ३२ जना घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ । गम्भीर ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका