जोडिनुहोस
  • होमपेज
  • हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो । जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका