जोडिनुहोस
  • होमपेज
  • नेपालका प्रमुख ब्याटर अर्जुन पाकिस्तानविरुद्ध सुरुवातमै आउट

नेपालका प्रमुख ब्याटर अर्जुन पाकिस्तानविरुद्ध सुरुवातमै आउट

नेपाली क्रिकेट टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल आईसीसी यू १९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन् । अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६ रनमा बोल्ड आउट गरेका छन् । पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको इनिङ खेलेका थिए । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ३४ रन बनाएको छ । विपिन रावल १६ बलमा ३ चौका र १ छक्कासहित २० रनमा क्रिजमा छन् । आकाश त्रिपाठी १ रनमा क्रिजमा छन् । नेपालले आज ओपनर दीपक बोहरालाई बेन्चमा राख्दै विपिनलाई मौका दिएको थियो । विपिनले सुरुवातमा रामो फाइदा उठाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका