जोडिनुहोस
  • होमपेज
  • फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने

फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने

कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो । निर्देशक विशाल भण्डारीका अनुसार यो शो जम्मा ३३ एपिसोडको रहनेछ । त्यसमा ३२ नियमित र एक एपिसोड फाइनल रहनेछ । फिजिकल अडिसनको पाँचमध्ये तीन एपिसोड तयार भइसकेको उनको भनाइ छ ।

फर्म्याट परिवर्तनबारे जानकारी दिँदै भण्डारीले भने, ‘दुई सिजनमा हामी टप २४ भनेर गर्थ्यौँ । यो पटक हामीले टप ३० को फर्म्याटमा लैजाँदै छौं । पहिला सुपर १५ थियो अहिले सुपर १६ को फर्म्याटमा जान्छौं । त्यसपछि टप १०, ९, ८ हुँदै जान्छ । वाइल्ड कार्डको पनि अवसर छ ।’ प्रतिस्पर्धा रोचक बनाउन फर्म्याट परिवर्तन गरेको निर्णाण पक्षले जनाएको छ । जजमा भने पहिलाकै चार जना, सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिने छन् । यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । निर्माण पक्षका अनुसार विजेताले २५ लाख नगद र सोही मूल्य बराबरको गाडी पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका