जोडिनुहोस
  • होमपेज
  • बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिस्कार

बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिस्कार

राष्ट्रिय सभा सदस्यका लागि विहीबार भएको मतदान तीन जना स्वतन्त्र जनप्रतिनिधिले बहिस्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सम्पाङ राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका हुन् । सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा उटेको सबै उम्मेदवारहरु दलीय भएका कारण उनीहरुले मतदान गर्ने उपयुक्त पात्र फेला नपारेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका