जोडिनुहोस
  • होमपेज
  • नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि उस्तै

नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि उस्तै

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक वर्षदेखि नबढेको पाइएको छ । यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ९९ डलर अर्थात् १ लाख ८२ हजार ६ सय ८३ नै रहने भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा चालू आर्थिक वर्ष (२०७९/८०) मा उक्त अनुमान गरिएको हो । गत वर्ष पनि यही रकम थियो । त्यसभन्दा अघिल्लो वर्ष भने १२७७ अमेरीकी डलर थियो ।

यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख ८४ हजार १ सय ४० रूपैयाँ अर्थात १४१० अमेरिकी डलर पुग्ने अनुमान छ । यो वर्ष १२ खर्ब ३१ अर्ब ७३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिने अनुमान तथ्यांक कार्यालयको छ । योसँगै कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २२.८९ प्रतिशत रहने अनुमान छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आठ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ । यो वर्ष वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अरब ३३ करोड रुपैयाँ पुग्ने अनुमान छ । यो भनेको कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत हो । भन्सार विभागको तथ्यांकअनुसार ९ महिनामा १२ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका