जोडिनुहोस
  • होमपेज
  • दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा माग्यो आवेदन

दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा माग्यो आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो। सूचनाअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ। सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।

एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ। प्राधिकरणमा पछिल्लो समय खुला प्रतिस्पर्धाका आधारमा अध्यक्ष नियुक्त हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका