जोडिनुहोस
  • होमपेज
  • कालो अङ्गुर सेवन गर्नुस् पाउनुहुनेछ यती धेरै फाइदा

कालो अङ्गुर सेवन गर्नुस् पाउनुहुनेछ यती धेरै फाइदा

काठमाडौँ – फलफूलहरूको सेवन मानव स्वास्थ्यका लागि लाभदायी नै हुन्छ । अन्य खाना,खाजाहरूको तुलनामा फलफूल खान मानिसहरू रुचाउँछन् पनि ।

अहिले अङ्गुरको सिजन त हैन तर बजारमा यति बेला कालो अङ्गुर पाइन्छ । हामी सबैले अङ्गुरको स्वाद लिएका हुन्छौ । तर कालो अङ्गुर भने सबैलाई मिठो नलाग्न सक्छ र अर्को अङ्गुर सरह सबैले सेवन गरेको नहुन पनि सक्छ ।

तर यसको सेवन गर्नु निकै लाभदायी हुन्छ । अङ्गुर निकै मिठो र स्वादिलो फल हो । अङ्गुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटासियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

यस कारण विभिन्न प्रकारका रोगहरूबाट अङ्गुरले जोगाउँछ ।

कालो अङ्गुरले बचाउँछ यस्ता रोगहरूसँग

–हृदयाघात जस्तो गम्भीर रोगमा पनि अङ्गुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठिक अवस्थामा रहन्छ । तपाईँ पनि मुटु रोगी हुनुहुन्छ भने कालो अङ्गुर को रस सेवन गर्नुहोस् ।

–कालो अङ्गुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ । भिटामिन ई कपाल र छालाका लागि पनि एकदमै राम्रो मानिन्छ ।

– कालो अङ्गुर मा रेसवेरेट्राल तत्वमा एन्टीअक्सीडेन्ट, एन्टीएपोप्टोटिक र एन्टी इन्फ्लामेटरी गुण पाइन्छ । यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ ।

– अङ्गुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

–शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अङ्गुर खानुस् । फाइदा हुन्छ ।

–अङ्गुर मा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसा रोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

–शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अङ्गुर को जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका