जोडिनुहोस
  • होमपेज
  • क्षयरोगका कारण २५ जनाको मृत्यु

क्षयरोगका कारण २५ जनाको मृत्यु

डडेल्धुरामा क्षयरोगको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६-७७ मा ३ जना, आव ०७७-७८ मा ६, आव ०७८-७९ मा ३, आव ०७९-८० मा ७ र चालु आर्थिक वर्ष ०८०-८१ को फागुनसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।

क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ । जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११-११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकामा ९-९ जना संक्रमित भेटिएका छन् । यस वर्ष डडेल्धुरामा सङ्क्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका