जोडिनुहोस
  • होमपेज
  • महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन

महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन

काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गरी पुरक प्रतिवेदन ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदा समेत सरकारले पूर्व सभामुख एंव माओवादी नेता महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । महरा बाबु–छोराको सम्पर्क विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग रहेको देखिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’ मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको बाक्लो सम्पर्क भएको देखिएको छ ।

सीआइबीले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ । ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका