जोडिनुहोस
  • होमपेज
  • मौसमः आज कहाँ–कहाँ वर्षा र हिमपात ?

मौसमः आज कहाँ–कहाँ वर्षा र हिमपात ?

काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। उक्त प्रभावक कारण अहिले देशको पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको समेत सम्भावना रहेको छ। आज कोशी प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, रातिसम्म भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका