जोडिनुहोस
  • होमपेज
  • बंगलादेश–म्यान्मार सीमामा ठूलो युद्धको खतरा !

बंगलादेश–म्यान्मार सीमामा ठूलो युद्धको खतरा !

म्यान्मारमा बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ । सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ)ले कक्स बजारमा चिकित्सिकको भनाईलाई उद्दृत गर्दै बंगलादेश–म्यान्मार सीमामा भएको लडाइँपछि ठूलो संख्यामा बिरामी आएको बताएको छ । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले छिमेकी म्यान्मारको अशान्त रखाइन राज्यका कम्तीमा १४ सीमा अधिकारी विद्रोही अराकान सेना (एए) का लडाकू अगाडि बढ्नुअघि आत्मरक्षाका लागि आफूहरू प्रवेश गरेको बताएका थिए ।

बंगलादेशको निजी प्रसारक च्यानल २४ ले सीमा रक्षकको सङ्ख्या धेरै भएको बताएको छ । च्यानलले कम्तीमा ६६ जना अधिकारीले शरण मागेको र तीमध्ये १० जना घाइते भएको बताएको छ । सन २०२१ को सैन्य विद्रोहपछि एए लडाकूहरूले ठूलो स्तरको युद्धविराम भंग गरेसँगै बंगलादेशसँगको २७० किलोमिटरको सीमा र उत्तरमा छिमेकी भारतनजिकै म्यान्मारका केही भागमा नोभेम्बरपछि लगातार झडप भएका छन् ।

अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनिया सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गरेको थियो । गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागु हुँदैन ।

सीमा नजिकै बस्ने बंगलादेशी गाउँलेहरूले उनीहरूलाई युद्ध फैलिने डर भएको बताएका छन्। एमएसएफले हिंसाबाट प्रभावित सीमाका दुवैतर्फ रहने बासिन्दाका लागि चिन्ता व्यक्त गर्दै स्थितिको निगरानी गरिरहेको बताएको छ । गृहमन्त्री खानले बङ्गलादेशले आफ्नो सीमामा सुरक्षा बढाएको र सीमा अधिकारीहरूलाई फिर्ता गर्न म्यान्मारसँग सम्पर्क गर्ने बताएका छन् । बङ्गलादेशमा पहिलादेखि नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी छन् । उनीहरूलाई सन २०१७ मा सैन्य कारवाहीमा म्यान्मारबाट लखेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका