जोडिनुहोस
  • होमपेज
  • ५ करोड फिरौती माग्दै धम्क्याएको आरोपमा २ जना पक्राउ

५ करोड फिरौती माग्दै धम्क्याएको आरोपमा २ जना पक्राउ

काठमाडौं । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो भने बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको बताए ।

‘ उनका अनुसार फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको थिए । ठगी गरेको म्यासेज प्रहरीले फेला पारिसकेको छ । म्यासेजमा फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका