जोडिनुहोस
  • होमपेज
  • बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका छैनन् । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । ुचिठीको जवाफ त आउनुपर्थ्यो । जे भए पनि केही न केही कुरा आउनुपर्थ्यो। जवाफ नै नआउनु अति नै अपमान हो,ु कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ुहामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौँ ।ु आजको नागरिक दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका