जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल फागुन १ गते मंगलबारको राशिफल

आज २०८० साल फागुन १ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः नयाँ साथी र नयाँ ठाउँको भ्रमणले दिन रमाइलोसँग बित्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुनः सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। मेरो भन्नुभन्दा हाम्रो अभियानमा लाग्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कटः लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नैपर्ने भए पश्चिम नजानु उत्तम हुन्छ। वैदेशिक क्षेत्रको लगानीमा प्रयास गर्नु फाइदाजनक हुनेछ। धेरै बोल्ने साथी सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको सहयोगले दिन रमाइलो हुनेछ।

सिंहः आफूले आफूलाई महत्त्व दिन बिर्सिएमा धेरै अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक र आर्थिक क्षेत्रमा नाम र दाम एकसाथ हुने देखिँदैन। साथीभाइ र परिवारले भने आज तपाईंलाई साथ दिने योग छ।

कन्याः समय राम्रो छ। व्यापारमा नाफा कमाउने योग छ। समाजमा सम्मान प्राप्त हुनेछ। वैदेशिक लगानीमा आर्थिक उन्नती हुनेछ। चिसोबाट जोगिनु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

तुलाः अचानक पेट सम्बन्धी समस्याले दुःख दिनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। आफ्नो निन्दा सुन्नुपर्ने हुनसक्छ। गलत काम खोज्ने साथी सक्रिय भएकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। शिक्षाबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

धनुः दिन राम्रो छ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। परोपकारमा मन जानेछ। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रशंसा सुन्ने योग रहेको छ।

मकरः समय राम्रो छ। शिवको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। अध्ययनमा मन जानेछ। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ।

कुम्भः अचानक टाउको दुख्ने हुनसक्छ। यसको पीडा दिनभर रहने देखिन्छ। हनुमानको चिन्तन गर्नाले शनिदेवको छायाबाट बच्न सकिन्छ। आर्थिक सफलता र सामाजिक सम्मान प्राप्त हुनाले दिन रमाइलो हुनेछ। परिवारमा भने समस्या हुनसक्छ।

मीनः अचानक आर्थिक लाभ हुनेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नो लागि समय छुट्याउनु आवश्यक छ। धार्मिक संगत बढ्ने देखिन्छ। व्यापारमा लाभ हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका