जोडिनुहोस
  • होमपेज
  • चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट साउनदेखि अहिलेसम्म ६ जनाको ज्यान गयो

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट साउनदेखि अहिलेसम्म ६ जनाको ज्यान गयो

चितवन राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रमा गएको साउनदेखि अहिलेसम्म वन्यजन्तु आक्रमणका तीन सय १५ वटा घटना भएका छन् । यी घटनाबाट छ जनाको ज्यान गएको र १७ जना घाइते भएका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको हो । यस्तै वन्यजन्तुका कारण पशुधनमा ८४, भण्डारण गरिएको अन्नमा छ, घरगोठमा २० र अन्नबालीमा दुई सय पाँच पटक क्षति भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले एक करोड पाँच लाख ५१ हजार छ सय २४ रुपैयाँ राहत प्रदान गरेको तिवारीले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका