जोडिनुहोस
  • होमपेज
  • एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयले राखेपलाई पत्र काट्यो

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयले राखेपलाई पत्र काट्यो

काठमाडौँ । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरित एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधबार मन्त्रालयले पत्र काटेको हो ।

खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार एन्फाले स्विकृती नलिई १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्यसैका लागि एन्फाले अनावश्यक १० जना पदाधिकारीलाई भ्रमणमा लगेको पाइएको छ ।

एन्फाले मङ्गलबार खेलाडीबाहेक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षमक प्रशिक्षकद्वय विनोद डंगोल र मनीष तिम्सिना, टोली व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट ब्यवस्थापकमा ज्ञानबहादुर राई, टोली प्रुमखमा उपाध्यक्ष दीपक खतिवडा, एन्फा सदस्य महेन्द्र क्षेत्री, सिईओ इन्द्रमान तुलाधर, एन्फा जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई मलेसिया भ्रमणमा पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका