जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकले १ अर्ब ९१ करोड लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब ९१ करोड लगानी गर्ने

काठठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्मका लागि कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने जनाएको हो ।

कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ भने विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि क्रमशः २८ करोड ६६ लाख र ९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत ८ गते राति १२ बजेसम्म उचित ब्याजदर र निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्ने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका