जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसद्को काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन दलहरूसंग आग्रह गरेका छन् । शनिबार सिंहदरबारमा संसद्का प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरे ।

छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनले बताए ।

उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने जानकारी दिए । गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने लगायतका विषयमा छलफल भएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका