जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल

आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः अवसरले तपाईंलाई खोज्ने दिन छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृषः नयाँ सवारी साधन जोड्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले भोज र भतेरमा ख्याल गर्नुपर्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुनः लामो समयदेखि गुमेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः सचेत भएर काम गर्नुपर्ने दिन छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग सकारात्मक रहनेछ।

सिंहः नयाँ कामको सुरुवात हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्याः साथीले सहयोग गर्नेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुको साथ रहनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः मेहनतको फल प्राप्त हुने योग छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिकः यात्रामा सामान हराउने जोखिम हुनसक्छ। दाजुभाइ र इष्टमित्र भन्दा अन्य साथीले सहयोग गर्नेछन्। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ।

धनुः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकरः मन मिल्ने साथीको सुझाव मान्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः व्यापार व्यवसायमा फाइदा हुनेछ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। यात्रा सफल हुनेछ। मेहनतको फल खाने दिन छ।

मीनः अभिभावकको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। खर्च बढ्ने दिन छ। साथीले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?