जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

काठमाडौं । पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत–उलेमा–ए–इस्लाम–फजल ९जेयूआईएफ० ले आयोजना गरेको र्यालीमा बम विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा जेयूआईएफका एक प्रमुख नेता पनि मारिएका छन् ।

स्थानीय प्रहरीले विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।

विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको भर्त्सना गर्दै छानबिनका लागि निर्देशन दिनु भएको छ । खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानको सीमा क्षेत्रसँग जोडिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका