जोडिनुहोस
  • होमपेज
  • गैरआवासीय राजदूत रायद्वारा फिनल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

गैरआवासीय राजदूत रायद्वारा फिनल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । फिनल्याण्डका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले फिनल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बुधबार हेलसिन्कीस्थित राष्ट्रपति प्रासादमा आयोजित एक विशेष समारोहमा राजदूत रायले राष्ट्रपति सौली निनिस्टोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका कोपनहेगनस्थित नेपाली दूतावासले आज जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत रायले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपतिले राजदूत रायको सफल कार्यकालको कामना गरेका थिए ।

राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट फिनल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै फिनल्याण्डका जनताको निरन्तर शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।

राजदूत रायले नेपाल र फिनल्याण्डबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धप्रति हर्ष प्रकट गर्दै नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा फिनल्याण्डबाट प्राप्त सहयोगका लागि फिनिस सरकार र जनताप्रति कृतज्ञता ज्ञापन गरे । साथै उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका