जोडिनुहोस
  • होमपेज
  • राजेन्द्र महतोको प्रदर्शनमा भएको झडपका क्रममा  एक प्रहरीको अवस्था गम्भीर

राजेन्द्र महतोको प्रदर्शनमा भएको झडपका क्रममा  एक प्रहरीको अवस्था गम्भीर

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका