जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा संसारकै बढी वायु प्रदूषण

काठमाडौंमा संसारकै बढी वायु प्रदूषण

काठमाडौं । काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो ।

आईक्युएयरका अनुसार काठमाडौंको वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

यो सूचीको दोस्रो स्थानमा कम्बोडियाको नोम पेन, थाइल्याण्डको चियाङ माइ तेस्रो, भारतको दिल्ली चौथो, कोलकत्ता पाँचौ र बंगलादेशको ढाका छठौं स्थानमा छन् ।

केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्ते भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा भइरहेको आगलागीको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको मौसमविद्हरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका