जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकाकैलाशको पनि दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकाकैलाशको पनि दाबी पेश

काठमाडौं–सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रन्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीको पनि दाबी पेश गरेका छन् । यसअगाडि नागरिक उन्मुक्तिका पार्टीका रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेस गरेका थिए ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।

कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेको बुझिएको छ । प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका