जोडिनुहोस
  • होमपेज
  • तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

चालु आवमा पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाइ छ ।

उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?