जोडिनुहोस
  • होमपेज
  • भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

काठमाडौँ । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् ।

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ । फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताए ।

गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिएभने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका