जोडिनुहोस
  • होमपेज
  • बेहुलीका नाममा भ्रष्टाचार चेक बोकेर जब मेयर बिहेघरमा पुगिन्

बेहुलीका नाममा भ्रष्टाचार चेक बोकेर जब मेयर बिहेघरमा पुगिन्

मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मचारीको मिलेमतो हुने गरेको पाइएको छ ।

मौलापुर नगरपालिकाले छोरीको बिवाहमा ‘असहाय के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवासी महिन्द्र राय यादवकी छोरी सञ्जु कुमारीको विवाह हुँदै गरेकाले ३० हजार अनुदान सहयोग उपलब्ध गराईदिन मेयरसमक्ष सिफारिस गरे ।

गत पुस १८ गतेको सिफारिसमा वडाअध्यक्ष साहले माघ २५ गते यादवकी छोरी सञ्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका, बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग तय भएको उल्लेख गरेका थिए । ३० हजार आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि परेको निवेदनमा बिहेको निम्तो कार्डसमेत संलग्न राखिएको थियो ।

वडाअध्यक्ष साहको सिफारिसका आधारमा नगरपालिकाको निर्णयबाट ३० हजार रुपैयाँ दिने निर्णय भयो । लेखापालले ३० हजार रुपैयाँको चेकसमेत काटे । चेक बेहुलीका बुवा सञ्जुका बुबा महिन्द्रका नाममा काटियो ।

मेयर रिना कुमारी साह पनि के कम  उनले बेहुलीका बाबुलाई आफैं चेक हस्तान्तरण गरेर जस आफैंले लिने विचार गरिन् । र, उनी चेक बोकेर बेहुलीको घरतिर लागिन् । तर जब चेक लिएर मेयर साह महिन्द्रको घरमा पुगिन्, उनी झसङ्ग भइनन् । महिन्द्रको घरमा कुनै विवाह नै तय भएको रहेनछ । वडाअध्यक्षले फर्जी कागज बनाएर सो रकम आफैं लिएर खान खोजेका रहेछन् । त्यसपछि मेयर रिना कुमारी चेक बोकेर नगरपालिका फर्किइन् ।

नगरपालिका स्रोतका अनुसार यसअघि मेयर साहको पहलमा विगत लामो समयदेखि सयौं परिवारका बेहुलीहरुलाई ३० हजारका दरले रकम बाँडिँदै आएको छ । रकम पाउन वडाले सिफारिस गर्नुपर्ने कार्यविधि छ । यसैवीच, वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडाअध्यक्ष साहलाई कारवाहीको माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका