जोडिनुहोस
  • होमपेज
  • ‘रिगल’ लाई आममाफी दिने निर्णयमा गगन थापाद्वारा सरकारको जवाफ माग

‘रिगल’ लाई आममाफी दिने निर्णयमा गगन थापाद्वारा सरकारको जवाफ माग

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ । आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले गलत निर्णय भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । आममाफीको मुद्दा सर्वोच्च अदालतमा पुगिसकेको र सदनमा पनि कुरा उठेकाले सरकारले जवाफ दिनुपर्ने थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारबाट यो गलत निर्णय भएको छ । आममाफी दिनुको कारण यहाँ उभिएर बताउनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन । कानुनी छिद्र प्रयोग गर्ने क्रम बढ्दो छ । अब कानुन फिर्ता लिनुपर्छ र संशोधन गरेर परिमार्जन गर्नुपर्छ ।’

मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ ।

‘रिगल’ विरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि ‘रिगल’ कैदमुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका