जोडिनुहोस
  • होमपेज
  • रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी

काठमाडौँ– युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले आफ्नो बहुप्रतिक्षित प्रतिआक्रमण कारवाहीको पहिलो दिनमा देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको पुष्टि गरेका छन् ।

शनिबार राष्ट्रपति जेलेन्स्कीले प्रतिआक्रमण सुरु भएको बताएका थिए ।

युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सव मनाइरहेको भन्दै केही सामाजिक सञ्जालमार्फत तस्वीर तथा भिडियो सार्वजनिक गरेको छ ।

तर रुसले भने आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रेनले फिर्ता लान नसकेको बताएको छ ।

रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका