जोडिनुहोस
  • होमपेज
  • चीन जाँदा अब नेपाली नागरिकहरुले भिसा शुल्क तिर्नु नपर्ने

चीन जाँदा अब नेपाली नागरिकहरुले भिसा शुल्क तिर्नु नपर्ने

काठमाडौं । चीनले नेपाली नागरिकका लागि भिसा शुल्क निः शुल्क गरेको छ । नेपालस्थित चिनियाँ दूतावाले मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय लिएको जनाएको छ ।

नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका यस्तो निर्णय गरेको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । नेपालले चिनियाँ नागरिकका लागि भिसा शुल्क निःशुल्क गरेपछि चीनले पनि नेपालीका लागि भिसा नलिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला उक्त विषयमा छलफल भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका उक्त विषयलाई टुङ्गो लगाएर आएका थिए ।

उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेपछि चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताए ।

कार्यक्रममा चीनले पनि नेपालका लागि भिसा फ्री गर्नुपर्ने धारणा उनले राखेका थिए । २०७२ मा तत्कालीन परराष्ट्र मन्त्री कमल थापा चीन भ्रमणमा गएका बेला विदेश मन्त्री वाङ यीसँग आठ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा एउटा बुँदा चिनियाँ पर्यटकलाई नेपालले फ्री भिसा दिने उल्लेख छ ।

सम्झौताअनुसार २०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय ग¥यो । उक्त निर्णयपछि चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ गरेको थियो ।

नेपाली नागरिकले यसअघि चीनको भिसाका लागि दुई हजार २०० रुपैयाँ चार दिनभित्र तिनुपर्ने व्यावस्था थियो । २०७६ सालमा त्यसलाई वृद्धि गरेर तीन हजार ९०० पुर्‍याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका