जोडिनुहोस
  • होमपेज
  • यूएईले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १ र १ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ क्यान को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो ।

नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका