जोडिनुहोस
  • होमपेज
  • २८ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

२८ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । केन्द्रीय बैंकमार्फत सरकारले २८ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।

सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, बैंकका अनुसार ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नवीकरण गरेर २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गर्न लागिएको हो ।

कूल ट्रेजरी मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गरेर बाँकी रहेको १५ प्रतिशत विनाप्रतिस्पर्धा सहभागि गराइने बैंकले जनाएको छ ।

यसअघि बैशाख ४ गते केन्द्रीय बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका