जोडिनुहोस
  • होमपेज
  • चार दिनका लागि आज गृह जिल्ला झापा जाँदै अध्यक्ष ओली

चार दिनका लागि आज गृह जिल्ला झापा जाँदै अध्यक्ष ओली

काठमाडौं ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरुका लागि आज गृह जिल्ला झापा जाँदैछन्।

अध्यक्ष ओली आज बिहान काठमाडौंबाट भद्रपुरका जाने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए। आज झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अधयक्ष ओलीले सम्बोधन गर्नेछन्।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए।  अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ। भोलि इलाममा आयोजना हुने जिल्ला परिषद भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि उनी पाँचथरको फिदिममा बास बस्ननेछन्। वैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुनेछन्।  आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ।

सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ। तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नेछन्।  १६ गते फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा आउने कार्यक्रम रहेको पाठकले बताए।

दमकमा २८ गते देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले बताए। एमालेले वैशाख २८ देखि ३० सम्म केन्द्रीय कमिटी बैठक झापामा बोलाएको छ।

वैशाख १७ गते अध्यक्ष ओली झापाबाट काठमाडौं फर्किने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका