जोडिनुहोस
  • होमपेज
  • आज पनि नेप्से सूचक १६ अंकले घट्यो, ८२ करोड २४ लाखको कारोबार

आज पनि नेप्से सूचक १६ अंकले घट्यो, ८२ करोड २४ लाखको कारोबार

काठमाडौँ । आइतबार १९ अंकले नेप्से घटेकोमा दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओर्लिएको हो ।

यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबारमा भने केही वृद्धि भएको छ । नेप्सेका अनुसार आज १६ अंकले नेप्से घट्दै गर्दा यता ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ ।

वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका