जोडिनुहोस
  • होमपेज
  • फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सम्बन्ध विच्छेदका लागि निवेदन

फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सम्बन्ध विच्छेदका लागि निवेदन

काठमाडौँ । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएकी छिन् । श्रीमान् मार्कस राइकोनेनसँगको १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएको जनाएकी हुन्। उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी छिन् ।

‘हामीले सँगै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एक अर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’

उनीहरुका पाँच वर्षकी छोरी छिन् । उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन् । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिने भएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका